शीर्ष स्थानमा लिभरपुललाई सात अंकको अग्रता

काठमाडौँ । लेस्टर सिटीमाथि पुनरागमन जित हासिल गर्दै लिभरपुलले इङ्लिस प्रिमियरमा शीर्ष स्थानमा फराकिलो अग्रता बनाएको छ।

घरेलु मैदान एनफिल्डमा बिहिवार राति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई ३–१ गोलले पराजित गरेको हो।

लिभरपुलको जितमा कोडी गाक्पो, कर्टिस जोन्स र मोहमद सलाहले एक एक गोल गरे। लेस्टरका लागि एक गोल जोर्डन आएवले गरे।

१–० ले पछि परेको लिभरपुलले ३ गोल गर्दै खेलमा शानदार पुनरागमन गरेको हो।

जितसँगै १७ खेलबाट ४२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ। लिभरपुल दोस्रो स्थानमा रहेको चेल्सीभन्दा एक खेल कम खेल्दै ७ अंकले अगाडी छ।

पराजित सिटी भने १८ खेलबाट १४ अंकसहित १८औं स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको