काठमाडौँ । इङ्लिस प्रिमियरमा लिग अन्तर्गत बिहिवार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले पराजय ब्यहोरेका छन्।
चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सी पहुना टोली फुलह्यामसँग १–२ गोलले स्तब्ध भयो।
खेलमा १–० गोलको अग्रता जोगाउन नसक्दा चेल्सी पराजित भएको हो। यो पराजयसँगै जारी सिजनको प्रिमियर लिगमा १८ खेलबाट ३५ अंक रहेको चल्सी दोस्रो स्थानमा कायम छ। यता, विजयी फुलह्याम भने समान खेलबाट २८ अंकसहित आठौँ स्थानमा उक्लिएको छ।
गएराती नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड उल्भ्ससँग २–० गोल अन्तरले पराजित भएको छ। उल्भ्सको जितमा माठेस चुन्हा र ह्वांग ही चानले एक एक गोल गरे।
खेलको ४७औं मिनेटमा कप्तान ब्रुनो फर्नानडेजले रातो कार्ड पाएपछि म्यानचेस्टर युनाइटेड १० खेलाडीमा सिमित भएको थियो।
हरासँगै युनाइटेडको १७ खेलबाट २२ अंकसहित लिगमा १४औं स्थानमा झरेको छ। त्यस्तै उल्भ्सको १८ खेलबाट १५ अंकसहित १७औं स्थानमा छ।
