बाग्मती प्रदेशस्तरीय लिग : चितवन र मकवानपुर विजयी

काठमाडाैँ । हेटौंडमा जारी बाग्मती प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिता–२०८१ अन्तर्गत शुक्रबार भएको खेलमा चितवन र मकवानपुरको टोली विजयी भएको छन्।

हेटौंडा–५, स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको पहिलो खेलमा काभ्रेको माउण्ट एभरेष्टलाई २–१ गोल अन्तरले पराजित गर्दै चितवनको भरतपुर विजयी भएको हो।

यस्तै दिनकाे दाेस्राे खेलमा धादिङको धुनीबेशी युथ समाजलाई २–१ गोलले हराउँदै मकवानपुरको पदमपोखरी युथ क्लब विजयी भएको हो।

भरतपुरको तर्फबाट पहिलो हाफको ५ मिनेटमा गोल गर्दै अञ्जन चौधरीले पहिलो अग्रता दिलाएका थिए। खेलको दोस्रो हाफको ६६ औं मिनेटमा सन्दिप केसीले गोल गर्दै टिमलाई जीत दिलाएका हुन्। खेलको अन्तिम समयमा माउण्ट एभरेष्टका विशेष लामाले टिमका लागि सान्त्वना गोल गरेका थिए। खेलको म्यान अफ द म्याच सान्त्वना गोलकर्ता माउण्ट एभरेष्टका लामा घोषित भए।

पदमपोखरीको जीतमा पहिलो हाफको ३८ मिनेटमा गोल गर्दै प्रितम स्याङ्बोले अग्रता दिलाएका थिए। खेलको ३८ मिनेटमा धुनिवेसका टिम क्याप्टेनले गोल गर्दै खेललाई एक/एक गोलको बाराबरीमा ल्याएका थिए। दोस्रो हाफको ४४ औं मिनेटमा महेश वाइबाले गोल गर्दै टिमलाई जिताएका हुन्। पदमपोखरीले ३ अंक जोडेको छ भने धुनिवेस अंकविहीन छ। यस समूहबाट काभ्रे प्रतियोगिताबाट बाहिरिएको छ। समूह चरणको २ खेलमा जित निकाल्न नसकेको काभ्रे शुन्य अंकसहित प्रतियोगिताबाट बाहिरिएको हो।

लिगकम नकआउट प्रणालीमा सञ्चालन भएको प्रतियोगितामा ११ वटा जिल्लाको क्लबहरुको सहभागिता रहेको छ। प्रतियोगिताको फाइनल खेल पुस २० गते हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा सञ्चालन भएको प्रतियोगितामा, प्रदेश खेलकुद विकास परिष्द र हेटौंडा उपमहानगरपालिका सहयोग रहेको छ।

प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको