जीवनराम एनओसीको अध्यक्षमा निर्वाचित


काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित भएका छन्।

एनओसीको शनिबार अनलाइनमार्फत गरिएको निर्वाचनबाट जीवनराम तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।

यसअघि बिहीबार मात्र सर्वोच्च अदालतले एनओसीको निर्वाचन रोक्न अन्तरिम आदेश दिएको थियो। कमलबहादुर चित्राकारले दायर गरेको रिटमाथि न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो। तर अदालतको आदेशको समेत अवज्ञा गर्दै भएको अनलाइन निर्वाचनमा ओलम्पिकमा आबद्ध विभिन्न २७ राष्ट्रिय खेल सङ्घमध्ये २० सङ्घको सहभागिता रहेको थियो। जसमा जीवनरामले २० नै मत पाए।

एनओसीको उपाध्यक्षलगायत अन्य पदाधिकारी भने यसअघिनै निर्विरोध निर्वाचित भइसकेका छन्। एनओसीको नयाँ नेतृत्वलाई अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) र एसिएन ओलम्पिक काउन्सिल (ओसिए) बाट मान्यता पाउला या नपाउला त्यसले एनओसीको आगामी यात्रा तय गर्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको