लुम्बिनी टिम च्याम्पियन

काठमाडाैँ । नेपालगन्ज रंगशालामा पुस १२–१३ गते दोस्रो प्रोफेशनल हाप्किडो राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ। उक्त प्रतियोगितामा लुम्बिनी प्रदेशले १७ स्वर्ण, १३ रजत, र ७ कांस्य पदक सहित टीम च्याम्पियनको उपाधि जित्न सफल भयो।

यसैगरी सुदुरपश्चिम प्रदेशले ११ स्वर्ण, ९ रजत, र ८ कांस्य पदक जित्दै दोस्रो स्थान हासिल ग¥यो भने कोशी प्रदेशले ६ स्वर्ण, ७ रजत, र ७ कांस्य पदकसहित तेस्रो स्थान प्राप्त ग¥यो।

प्रतियोगितामा उत्कृष्ट खेलाडी पुरुष तर्फ सुदुरपश्चिम प्रदेशका नविन बहादुर धामी र महिलातर्फ लुम्बिनी प्रदेशकी विनिता केसी घोषित भईन। उत्कृष्ट प्रशिक्षकमा पुरुषतर्फ सुदुरपश्चिम प्रदेशका वीर बहादुर सारु मगर र महिलातर्फ लुम्बिनी प्रदेशकी एलिशा खड्का घोषित भईन।

उदीयमान खेलाडीको रूपमा पुर्ष तर्फ मधेश प्रदेशका राजकुमार महतोले प्राप्त गरे भने महिला तर्फ कर्णालीकी नविना भण्डारी भईन। उत्कृष्ट रेफ्रीको उपाधि गण्डकी प्रदेशका पुरुष तर्फ समिर गुरुङ र महिलातर्फ लुम्विनी प्रदेशकी निक्कु विश्वकर्माले प्राप्त गरिन्। अनुशासित खेलाडी पुरुषतर्फ बागमती प्रदेशका प्रसन्न आचार्य र महिलातर्फ सुदुरपश्चिम प्रदेशकी बिमला थापा मगर भईन।

सेल्फ डिफेन्स, डेमोस्ट्रेसन तर्फ प्रथम स्थान लुम्विनी प्रदेश, दोस्रो स्थान कोशी प्रदेश र तेस्रो स्थान बागमती प्रदेशले प्राप्त गरे। नेपाल हाप्किडो संघको आयोजनामा प्रतियोगिता भएको थियो। वार्षिक कार्यक्रम अनुसार ६ वटा राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको संघले जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको