मच्छिन्द्र हराउँदै चर्च ब्वाईजले जित्यो फाल्गुनन्द गोल्डकपको उपाधि

काठमाडौँ । चर्च ब्वाईज युनाईटेडले फिदिममा सम्पन्न ११औँ फाल्गुनन्द गोल्डकपको उपाधि जितेको छ।

फिदिम माविको मैदानमा सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्दै चर्च बाईजले उपाधि हात पारेको हो।

उपाधि जितेसँगै चर्च ब्वाइजले १० लाख नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो। उप–विजेता बनेको मच्छिन्द्रले ५ लाख नगद पुरस्कारमा चित्त बुझायो। निर्धारित समयमा दुबै टिमले समान २ गोल गरेपछि खेल पेनाल्टीमा धकेलिएको थियो।

पेनाल्टीमा चर्च ब्वाईजको लागि सुजन डंगोल, रोहन कार्की, छिरिङ लामा, एकराज बुढाथोकी र फाकुन्ले अबियोमीले गोल गरे। मच्छिन्द्रका दयानन्द एलङबमको प्रहारलाई चर्च ब्वाईजका गोल रक्षक कृष्ण मोक्तानले बिफल बनाएपछि मच्छिन्द्र उपबिजेतामा सिमित बन्यो। उसको ४ गोलका लागि सौरब सुब्बा, शनिस श्रेष्ठ, समिराज थोकर र देभेन्द्र तामाङले गोल गरे।

खेल सुरु भएको ४५ मिनेटमा चर्च ब्वाईजका अर्माण्ड बेड्युले आत्मघाती गोल गर्दा मच्छिन्द्रले सुरुवाती अग्रता लिएको थियो। ७८औं मिनेटमा चर्च ब्वाईजका छिरिङ लामाले गोल गरेपछि खेल बराबरीमा ल्याए।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको ८८औँ मिनेमा मच्छिन्द्रका सनिश श्रेष्ठले गोल गरेर २–१ को अग्रता दिलाए। तर, खेलको अतिरिक्त समयमा चर्च ब्वाईजका समिर तामाङले गोल फर्काएर खेललाई बराबरीमा रोकेका थिए।

प्रतियोगितामा ५ गोल गरेरका चर्च ब्वाईजका समिर तामाङ सर्बोत्कृष्ठ खेलाडी र सार्बाधिक गोलकर्ताको रुपमा पुरस्कृत बने। उनले एक थान ईभी स्कुटर र १५ हजार नगद पुरस्कार प्राप्त गरे। त्यस्तै बिधातर्फ उत्कृष्ठ ठहरिएका चर्च ब्वाईजका गोल रक्षक कृशल मोक्तान, प्रशिक्षक सुमन श्रेष्ठ र डिफेन्डर दिपेश गुरुङ पुरस्कृत बने। उनीहरुले समान १० हजार नगद पुरस्कार प्राप्त गरे।

फाईनल खेलको म्यान आफ दी म्याच मच्छिन्द्रका सनिश श्रेष्ठ घोषित भए। मच्छिन्द्रका बिजु भुजेल उत्कृष्ठ फरवार्ड र देभेन्द्र तामाङ उत्कृष्ठ डिफेन्डरको रुपमा पुरस्कृत बने । उनीहरुले समान १० हजार नगद पुरस्कार प्राप्त गरे।

प्रतियोगिताको उदयमान खेलाडीको रुपमा आयोजक फिदिम स्पोर्टिङ क्लबका मनिश क्षेत्री पुरस्कृत बने।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको