काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले अर्को हार बेहोरेको छ ।
सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड न्यूक्यासल युनाइटेडसँग २-० ले पराजित भएको हो।
पाहुना टोली न्यूक्यासलको जितमा अलेजण्डर इसक र जोएलिंटनले एक एक गोल गरे।
जितसँगै न्यूक्यसल युनाइटेड १९ खेलबाट ३२ अंकसहित लिगको पाँचौं स्थानमा उक्लिएको छ।
यता, युनाइटेडको भने यस सिजनमा यो नवौं हार हो। समान १९ खेलबाट २२ अंक रहेको युनाइटेड १४औँ स्थानमा झरेको छ।
