पुलिसलाई हराउँदै एनआरटी दोस्रो

काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग विजेता नेपाल पुलिस क्बलमाथि जित हासिल गर्दै न्युरोड टिम (एनआरटी) उपविजेता बनेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा लिग विजेता विभागीय टोली पुलिसलाई २–१ ले पराजित गर्दै एनआरटी दोस्रो स्थान हात पार्न सफल भएको हो।

कप्तान सुवास बमले खेलको नवौं मिनेटमा पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए। तर, दोस्रो हाफको अतिरिक्त समयमा पुकार गोलेले गोल गर्दै एनआरटीलाई खेलमा फर्काए। ५४औं मिनेटमा अजित तामाङले गोल गर्दै एनआरटीको जित पक्का गरे।

विजेतासँग एक अंकले पछि परेको एनआरटीले २२ खेलबाट ४७ अंक जोड्यो। एनआरटीभन्दा दुई अंक कम जोडेको संकटा तेस्रो भयो।

संकटाले मंगलबार नै भएको खेलमा एपिएफलाई ३–१ ले पराजित गरेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको