गोकर्णेश्वर नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत करातेको उपाधि महिलातर्फ योङ्ग हाट्र्स बोर्डिङ स्कुल, गोकर्णेश्वर ८ र पुरुषतर्फ ईष्टपोल मा.बि गोकर्णेश्वर ५ ले जितेका छन्।
महिलातर्फ योङ्ग हाट्र्सले ३ स्वर्ण र एक कास्यसहित टिम प्रथम भएको हो भने, १ स्वर्ण र १ कास्य पदक जितेको सरस्वती मा.बि दोश्रो र एक स्वर्ण १ रजत जितेको बालसुधार मा.बि तेस्रो भए। दोस्रो र तेस्रोको पदक बराबर हुँदा गोलाप्रथा द्वारा दोस्रो र तेस्रो छनौट गरिएको थियो।
यसैगरी पुरुषतर्फ १ स्वर्ण १ रजत र १ कास्य पदक सहित ईष्टपोल मा. बि प्रथम, एक स्वर्ण र एक कास्य पदकसहित योङ्ग हाट्र्स बोर्डिङ दोस्रो र एक स्वर्ण एक कास्य सहित मनकामना मा.बि. तेस्रो भए। दोस्रो र तेस्रोको पदक बराबर हुँदा गोलाप्रथा द्वारा दोस्रो र तेस्रो छनौट गरिएको थियो।
महिला र पुरुषतर्फ जम्मा ६÷६ ईभेन्टमा भएको प्रतिस्पर्धामा गोकर्णेश्वर नगरपालिका भित्रका २० वटा विद्यालयका ९५ जना बिद्यार्थी सहभागिता रहेको थियो।
बिजयी खेलाडीहरु लाई नगर खेलकुद बिकास समितिका अध्यक्ष संजय लामा, सितोरियो कराते काठमाडौ जिल्लाका अध्यक्ष शिवराम कारन्जितलगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए।
