नेपाल पुलिस फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब मदन भण्डारी गोल्डकप इन्डो रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ।

बुटवल उपमहानगरपालिका १० स्थित रामनगर खेल मैदानमा मंगलबार भएको दिनको पहिलो सेमिफाइनलमा पुलिसले गुजरात स्टेट भलिबल एसोसिएसनमाथि ३-१ सेटको पुनरागमन जित निकाल्यो।

पहिलो सेट २६-२८ ले गुमाएको पुलिसले त्यसपछिका तीन सेट २५-१४, २५-२१,२७-२५ ले आफ्नो पक्षमा पार्यो।

पुलिस समूह ‘ए’ को विजेता तथा गुजरात समूह‘बी’ को उपविजेताका रूपमा सेमिफाइन पुगेका थिए।
पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी र मणिमुकुन्द भलिबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको