काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ।
बुटवल उपमहानगरपालिका १० स्थित रामनगर खेल मैदानमा बुधबार भएको दोस्रो सेमिफाइनलमा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।
खराब मौसमका कारण मंगलबार रोकिएको खेल बुधबार सारिएको थियो। आर्मीले २५-१८, २५-१३, २५-१९ ले आफ्नो पक्षमा पार्यो।
आर्मी समूह ‘बी’ को विजेता तथा मणिमुकुन्द समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइन पुगेका थिए।
आर्मीले उपाधिका अर्को विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ। पुलिसले गुजरात स्टेट भलिबल एसोसिएसनलाई ३-१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।
