काठमाडौँ । चावहिल भेट्रान दोस्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ।
जावलाखेल मैदानमा चावहिलले डिफेन्डिङ च्याम्पियन कुपण्डोल ४० प्लस भेट्रानलाई ३–० गोलले पराजित ग¥यो। चावहिलका अजब श्रेष्ठले २ तथा राजनलाल नेपालीले १ गोल गरे।
श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ द्वारा संयुक्त आयोजित प्रतियोगितामा थर्ड आई क्लब, आईयुएफसी र आयोजक कुसुन्ती ‘बी’ पनि क्वाटरफाइनलमा पुगे।
थर्ड आईले आयोजक कुसुन्ती ‘ए’ लाई १–० गोलले हरायो। थर्ड आईका विश्व बैरागीले निर्णायक गोल गरे। आईयुएफसीले वि आर ब्रडर्सलाई ४–१ ले पाखा लगायो। विजयी टिमका लागि यम गुरुङले २ तथा विनोद महर्जन र कुमार शाहीले समान १–१ गोल गरे।
कुसुन्ती ‘बी’ ले बूढानीलकण्ठ भेट्रानलाई २–ण् गोलले पन्छायो। कुसुन्ती ‘बी’ का लागि दुवै कृष्णबहादुर राईले गरे। क्वाटरफाइनल पुग्ने बाँकी ४ टिमको टुंगो शुक्रबार लाग्ने छ।
