काठमाडाैँ । बीबीसी भेट्रान दोस्राे ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ।
बीबीसीले फ्रिडम फाइटर भेट्रान ‘बी’ लाई टाइब्रेकरमा पराजित ग¥यो। श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ द्वारा संयुक्त आयोजित प्रतियोगितामा एफसी सिलिंक हेटौंडा भेट्रानले फ्रिडम फाइटर ‘ए’ १–० तथा जोरपाटी एफसीले कुपण्डोल फ्रेन्ड्स भेट्रान र बिजी फुटसल भेट्रानले बौद्ध भेट्रानलाई पेनाल्टी सुटआउटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे।
यो खेलसंगै क्वाटरफाइनल समीकरण पूरा भएको छ। क्वाटरफाइनल थर्ड आई भेट्रान र आईयुएफसी, जोरपाटी र सिलिंक, आयोजक कुसुन्ती ‘बी’ र चावहिल भेट्रान तथा बीबीसी र बिजीबीच हुनेछ।
