बकैया कप : जुनियरतर्फ वडा नम्बर ११ फाइनल प्रवेश

मकवानपुर । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता अन्तर्गत जुनियरतर्फ वडा नम्बर ११ फाइनलमा प्रवेश गरेको छ। शुक्रबार बकैया–३ हात्तीसुंडेस्थित बकैया रंगशालामा भएको खेलमा भएको वडा नम्बर १२ लाई २-० गोलले हराउँदै ११ ले विजयी सुरुवात गरेको हो।

बकैया-११ का लागि निखिल घलानले २ गोल गरे। जितसँगै ११ नम्बर जुनियरतर्फको फाइनलमा प्रवेश गरेको छ। अब ११ नम्बरले उपाधीका लागि वडा नम्बर १ र २ बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। जुनियरतर्फको दोस्रो सेमिफाइनल खेल शनिबार हुनेछ। प्रतियोगिता जुनियरतर्फ ४ टिम रहेको थियो।

यस्तै, शुक्रबार सिनियरतर्फ वडा नम्बर ५ र ९ बीच प्रतिस्पर्धा भएकोमा समय अभावका कारण शनिबार बिहान ९ बजेसम्मका स्थगित भएको छ। दुवै टिमले १-१ गोलको बराबरी खेलेको छ।

प्रतियोगिता अन्तर्गत शनिबार सिनियरतर्फ वडा नम्बर ३ र ४ बीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो २ बजे सुरु हुनेछ। प्रतियोगिताको फाइनल खेल माघ १ गते हुनेछ।

प्रतियोगितामा सिनियरतर्फको विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै यस्तै जुनियरतर्फको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैैयाँ प्राप्त गर्नेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको