२४औं आहा रारा पोखरा गोल्डकपमा १० टोली सहभागि हुने


काठमाडौं । सहारा क्लबको आयोजनामा अर्को महिना हुने २४औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागि हुने भएका छ।

जयश्री फुड्स प्रालिले सह प्रायोजकको रुपमा आहा रारा पोखरा गोल्डकपसँग सम्झौता गर्न शनिवार आयोजित कार्यक्रममा सहभागिता निश्चित भएका १० टोलीको नाम सार्वजनिक गरिएको छ।

यस पटक साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब सहित सात ए डिभिजन टोली छन्। जसमा लिग विजेता चर्च ब्वाइज युनाइटेड, थ्रीस्टार क्लब, मच्छिन्द्र एफसी, नेपाल पुलिस क्लब,संकटा क्लब, एनआरटी छन्।

त्यस्तै एपिएफ फुटबल क्लब, ब्रिगेड ब्वाइज फुटबल क्लब युके र आयोजना सहारा छन्। अन्य २ विदेशी टोलीसँग सहभागिताका बारेमा छलफल भइरहेको सहाराले जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको