इन्द्रावतीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सिन्धुपाल्चाेक। इन्द्रावती गाउपालिकामा छैठौं गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।

गाउँपालिका अध्यक्ष झम्क नेपालले शनिबार रेफ्री धन बहादुर बस्नेतलाई बल हस्तान्तरण गरि खेलको उद्घाटन गरेका हुन्।

इन्द्रावती गाउँपालिकाको ब्यबस्थापन र राजेश्वरी माद्यामिक बिद्यालयको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन समारोह आयोजक बिद्यालयका अध्यक्ष बासु अधिकारीको सभापतित्वमा सबै १२ माध्यामिक बिद्यालयका विद्यार्थीहरु सहभागी भएका थिए।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले हालसम्म पाँच ओटा रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको र छैठौं प्रतियोगिता पनि अनुशासनमा रहेर खेल सम्पन्न गराउन आग्र गरे।

स्थानीय सरकारले सबै क्षेत्रमा काम गर्नुपर्ने भएकोले बजेट अनुसार ब्यबस्थापन गरेर काम गर्दै सबैलाई समेट्दै अघि बढिरहेको र प्रतियोगिता गर्न बिद्यालयहरुलाई बजेट अपुग भएको बताउँदै यसबारे गम्भीर छलफल हुने उनको भनाइ छ।

साथै गाउँपालिका भित्रका विद्यालयहरुलाई वार्षिक ४ हजार डलर रकम उपलब्ध गराएको र सरकारले अहिलेसम्म प्रधानाध्यापकको भत्ता नबढाए पनि आफूहरुले शतप्रतिशत भत्ता वृद्धि गर्नुका साथै इसिडी शिक्षकको तलब पनि बढाएको जानकारी दिए। अध्यक्ष नेपालले प्रतियोगिता आयोजक बिद्यालयलाई अनुशासित ब्यबस्थित र मर्यादित रुपमा सम्पन्न गर्न शुभकामना समेत दिए।

यस्तै गाउँपालिकाका प्रवक्ता एवंम् वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्यले जित्नको लागि खेलेपनी पदक भन्दा पहिला अनुशासित र मर्यादित भएर सबैको मन जित्नको लागी खेल्न जरुरी रहेको बताए। जित र हार दुबै स्वीकार गर्न सक्नुपर्ने बताउँदै असफल भयो भनेर अमर्यादित नहुन आग्रह गरे।

आयोजक विद्यालय राजेश्वरी माध्यमिक विद्यालयका खेल संयोजक प्रताप सिंह तामाङले विद्यालयलाई गाउँपालिकाले विश्वास गरी आयोजनाको जिम्मा दिएकोमा गाउँपालिका प्रति धन्यवाद व्यक्त गर्दै विद्यालयहरूको प्रोत्साहनका लागि अन्य कार्यक्रमहरू पनि गाउँपालिकाबाट हुनुपर्ने बताए।

नेपाली कांग्रेस इन्द्रावती गाउँपालिकाका सभापति जीवनकुमार थापा मगरले यो प्रतियोगिताबाट विद्यार्थीहरूले दुईवटा कुरा जित्न सक्ने बताए। जसमध्ये पहिलो पदक र दोस्रो मन जित्ने गरी मेहनत गर्न सहभागी विद्यार्थी खेलाडीहरूलाई सुझाव दिए।

गाउँपालिका भित्रका १२ माध्यमिक विद्यालयका विद्यार्थीहरू सहभागी प्रतियोगितामा २७ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। इन्द्रावती ८ मा रहेको सहिद स्मृति खेल मैदानमा भएको उद्घाटन शत्रमा इन्द्रावती गाउँपालिका वडा नम्बर २ का अध्यक्ष श्यामबहादुर गिरी, वडा नम्बर ४ का अध्यक्ष क्षेत्रबहादुर तामाङ, वडा नं ८ का अध्यक्ष दिल कुमार श्रेष्ठ, वडा सदस्यहरू १२ वटै विद्यालयका शिक्षकहरू लगायत जनप्रतिनिधिहरू विभिन्न पार्टीका प्रतिनिधिहरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो।

उक्त मैदानमा एथलेटिक्सका खेलहरू हुने र राजेश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा भलिबल प्रतियोगिता हुने जनाएको छ। प्रतियोगिताको समापन पुस २९ गते राजेश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा हुने आयोजकले जानकारी दिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको