काठमाडौं । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा चौथो डिभिजनको मोरेक्याम्बे एफसीमाथि सहज जित हासिल गर्दै चेल्सी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ।
शनिबार राति भएको खेलमा चेल्सीले मोरेक्याम्बेलाई ५–० ले पराजित गरेको हो।
स्ट्यामफोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन तोसिन अदाराबियोयो र जोआओ फेलिक्सले समान दुई तथा क्रिस्टोफर एनकुकुले एक गोल गरे।
खेलको १७औं मिनेटमा एनकुकु पेनाल्टीमा चुक्दा चेल्सीले अग्रता लिने सुनौलो अवसर गुमाएको थियो। तर, ३९औं मिनेटमा अदाराबियोयोको गोलमार्फत चेल्सीले अग्रता लियो।
शनिबारै सम्पन्न खेलमा जित निकाल्दै लेस्टर सिटी, नटिङघम फरेस्ट, प्लाइमाउथ, बर्नमाउथ, ब्राइटन र बर्नेलीले पनि चौथो चरणको यात्रा तय गरेका छन्।
