नेरिक क्वाटरफाइनलमा

काठमाडाैँ । नेरिक एकेडेमी चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ।

नेरिकले ग्रिनफिल्डलाई १७–१० ले पराजित ग¥यो। नेरिकको जितमा सविन खत्रीले १२ अंक योगदान गरे। सोही स्पर्धामा एलेन लामाको १६ अंक सहयोगमा कश्यपले पिपुल्स एकेडेमीलाई ३०–१९ ले हरायो।

सिनियर ब्वाइजमा बाल दिक्षा सदनले मार्वलसलाई ४८–२३, इनोभेटिभले आयोजक केएमसी ‘बी’ लाई ४२–२२ र भद्र घलेले केएमसी ‘ए’ लाई ४८–२९ ले पाखा लगाए । बाल दिक्षा सदनका कृशल महर्जनले २४, इनोभेटिभका पुजन श्रेष्ठले १० र भद्र घलेका दिवस मगरले २१ स्कोर गरे।

सिनियर गल्र्समा निस्टले केएमसी ‘बी’ लाई ३६–१६, साविक विजेता एनसीसीएसले रिब्सलाई २०–१९ र काठमाडौं शिक्षालयले केयरलाई १५–४ पन्छाए। निस्टकी संस्कृति पौडेलले ११, एनसीसीएसकी ग्रिभा महर्जनले ७ र काठमाडौं शिक्षालयकी दृब्य चित्रकारले ४ अंक जोडे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको