ललितपुर । पुष्पसदन सेकेण्डरी बोर्डिङ्ग स्कूलको आयोजनामा सोमबार सम्पन्न पुष्पसदन अन्तर्राष्ट्रिय स्कूल चेस च्याम्पियनसीपको उपाधि भारत सिक्किमको माउण्ट जियोन्ट किड्जी स्कूलले जितेको छ।
छात्र र छात्रा गरी यु–११, यु–१३ र यु–१५ उमेर समूहका विद्यार्थीबीच भएको ६ वटा इभेन्ट्समा २ स्वर्ण , १ रजत र १ काँस्य पदकसहित कुल ११ अंक बटुलेर माउण्ट जियोन्ट च्याम्पियन बनेको हो।
नेपाल बुद्धिचाल संघको प्राविधिक सहयोगमा स्वीस लिग प्रणालीका आधारमा (७ राउण्डमा) सञ्चालन गरिएको प्रतियोगितामा स्वर्णलाई ४ अंक , रजतलाई २ अंक र काँस्यलाई १ अंक प्रदान गरिएको हो।
आयोजक पुष्पसदन ३ रजत र १ काँस्य पदक जित्दै ७ अंकसहित दोस्रो भयो। यसैगरी तेस्रो स्थान हाँसिल गरेको मार्बेलस स्कूलले १ स्वर्ण र २ काँस्यसहित ६ अंक जोडेको छ। च्याम्पियन हुने टिम र दोस्रो तथा तेस्रो हुने स्कूललाई ट्रफि प्रदान गरिएको छ।
नेपाल तथा भारत सिक्किमका विद्यार्थी सम्मिलित प्रतियोगितामा २ सय ५० जना विद्यार्थीको सहभागीता थियो। काठमाडौंको किर्तिपुर स्थित पुष्पसदन विद्यालय प्राङ्गणमा ३ दिनसम्म चलेको प्रतियोगितामा १० वटा विद्यालयका विद्यार्थीले पदक प्राप्त गरेका थिए।
यु–१५ समूह अन्तर्गत छात्र तर्फ सिक्किम चेस एशोसियशनका अभिनाश प्रधानले स्वर्ण पदक जित्दा , पुष्पसदनका सुप्रभ सागर श्रेष्ठले रजत तथा मातृभूमि स्कूलका सविद प्रजापतिले काँस्य पदक जितेका छन्।
सोही उमेर समूहको छात्रातर्फ सिक्कीमकी देसियल उङ्मु भुटियाले स्वर्ण जित्दा पुष्पसदनकी सिवानी रिजालले रजत तथा पुष्पसदनकी सवनम रिजालले काँस्य पदक हात पारिन्।
प्रतियोगितामा यू–१३ छात्रतर्फ सिक्किमका निरभ ढकालले स्वर्ण, पाठशाला स्कूलका ओस्कार पन्थीले रजत र त्रियोग हाइस्कूलका आभास रिमालले काँस्य पदक जितेका छन्।
सोही उमेर समूहको छात्रातर्फ बिएन एकेडेमीकी विविसा तामाङले स्बर्ण जित्दा सिक्किमकी मानश्वी आचार्यले रजत र मार्वलिस इंगलिस स्कूलकी क्रिष्टि रिजालले काँस्य पदक जितेकी छिन्।
यसैगरी यू–११ उमेर समूहको छात्रतर्फ सूर्योदय सेकेण्डरी स्कूलका अग्रिम सैजुले स्वर्ण पदक जित्दा पुष्पसदनका हार्दिक पन्तले रजत र सिक्किमका यसे येवर भुटियाले काँस्य पदक जितेका छन्। यही उमेर समूहको छात्रातर्फ मार्वलियस सकेण्डरी स्कुलकी निहाना श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् भने रजत पदक अन्नपूर्ण सकेण्डरी स्कूलकी ओजश्वी श्रेष्ठले तथा काँस्य पदक मार्वलियस सकेण्डरी स्कुलकी सुहानी सिंहले जितेकी छिन्।
प्रत्येक समूहका विजेता खेलाडीलाई आकर्षक गोल्ड , सिल्भर, ब्रञ्ज मेडल सहित प्रमाणपत्र प्रदान गरिएको छ भने चौथो देखी १० औँ हुने विद्यार्थीलाई पनि प्रमाणपत्र प्रदान गरिएको छ। विजेता टिम तथा विद्यार्थीहरुलाई कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल, वडा नम्बर ९ का वडा अध्यक्ष दिनेश श्रेष्ठ , पुष्पसदनका अध्यक्ष महेश श्रेष्ठ, चेस संघका पदाधिकारी लगायतले ट्रफि , मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए।
पुष्पसदनले टेबल टेनिस , बास्केटबल , बुद्धिचाल लगायतका खेलको कीर्तिपुर नगरस्तरीयदेखि लिएर उपत्यकाव्यापी तथा राष्ट्रिय स्तरसम्मको अन्तर्विद्यालय तथा खुल्ला प्रतियोगिता संचालन गर्दै आएको छ। यस्तै आगामी माघ २४ देखि २६ गतेसम्म विभिन्न उमेर समूहमा काठमाडौं उपत्यकाव्यापी अन्र्तरविद्यालय टेबुल–टेनिस प्रतियोगिता पनि पुष्पसदनले आयोजना गर्दैछ।
पुष्पसदन विद्यालयका अध्यक्ष महेश श्रेष्ठले बुद्धिचाल प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरसम्म लैजाने उद्देश्यले विद्यालयतहबाटै प्रतियोगिताको सुरुवात गरिएको बताए। हामीले भारत, बङ्गलादेश, श्रीलङ्का तथा चीनजस्ता छिमेकी राष्ट्रहरूका केही इच्छुक विद्यालयहरूलाई समेत आमन्त्रण गरेका थियौँ , उनले भने सिक्किमबाट ९ जना विद्यार्थीको सहभागीता भयो । प्रतियोगितामा काठमाडौँ उपत्यकाबाहिर र नेपालबाहिरबाट सहभागी हुने खेलाडीहरूको टोलीलाई विद्यालयले आफ्नै खर्चमा निःशुल्क आवास र खानपिनको प्रबन्ध मिलाएको उनले बताए।
विजेता टिम तथा विद्यार्थीहरुलाई कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल, वडा नम्बर ९ का वडा अध्यक्ष दिनेश श्रेष्ठ , पुष्पसदनका अध्यक्ष महेश श्रेष्ठ, चेस संघका पदाधिकारी लगायतले ट्रफि , मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए।
