खो खो विश्वकप : नेपाल भारतसँग पराजित


काठमाडौं। खो खो विश्वकपको पहिलो खेलमा नेपाल पराजित भएको छ।

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इनडोर स्टेडियममा सोमबार भएको खेलमा घरेलु टोली भारतसँग नेपाल ४२–३७ ले पराजित भएको हो।

पहिलो खो खो विश्वकपमै नेपालबाट महिला र पुरुष दुवै टोलीले सहभागिता जनाएको छ। पुरुषतर्फ समूह ‘ए’ मा भारत र नेपालसँगै भुटान, ब्राजिल र पेरु छन्।

महिला र पुरुष दुवैमा सहभागी टोलीलाई चार–चार समूहमा विभाजन गरिएको छ। महिला र पुरुष दुवैमा समूह चरणको खेलपछि चारै समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्।

दुवैतर्फको फाइनल खेल १९ जनवरीमा हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको