टिएस ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त

काठमाडौं । विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) ले नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरीलाई नेपालका लागि ब्रान्ड एम्बासडर (दुत) मा नियुक्त गरेको छ।

एम्सका नवनिर्वाचित अध्यक्ष पाको बोराओले ठकुरीलाई नेपालका लागि एम्सको दुत नियुक्त गरिएको पत्र पठाएका हुन्।

‘हामी तपाईंसँगको सहकार्यले विश्वभर रोड रनिङलाई प्रोत्साहन र प्रबद्र्धन गर्ने एम्सको लक्ष्य प्राप्ति हुने अपेक्षा गर्दछौं ,’ पत्रमा भनिएको छ, ‘तपाईंको नेपालगन्ज म्याराथन आयोजकका रूपमा लामो समयको अनुभवलाई आत्मसात गर्दै हालै सम्पन्न एम्सको वर्ल्ड कंग्रेसमा तपाईंको उत्कृष्ट प्रस्तुति हेरेपछि हामी तपाईंलाईं नेपालका लागि दुत नियुक्त गर्ने निर्णयमा पुगेका हौं। तपाईंले नेपालमा रोड रनिंगको विकासमा एम्सको प्रतिनिधित्व गर्दै समन्वय गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं।’

जापानको ओसाकामा भएको एम्सको २३औं वर्ल्ड कंग्रेसमा ठकुरीले नै सहभागिता जनाएका थिए। नेपालगन्ज म्याराथन नेपालबाट एम्सको पूर्णकालीन सदस्यता प्राप्त गर्ने प्रतियोगिता हो।

दुतका रूपमा ठकुरीले एम्सका सदस्यता विषयमा नेपालभित्र रेस डाइरेक्टर तथा आयोजकलाई सुचित गर्नुपर्नेछ। साथै एम्सका गतिविधिलाई समन्वयकर्ताका रुपमा कार्य गर्नु, रनिङ समुदायमा हुने विवाद वा त्यस्ता विषयका बारेमा एम्सको बोर्ड समक्ष निरन्तर रिपोर्टिंङ गर्नुपर्नेछ।

एम्सको उद्देश्य र सदस्यताबाट हुने फाइदाका बारेमा रेस डाइरेक्टरलाई बुझाउँदै सदस्यता बिस्तार कार्यलाई प्रबद्र्धन गर्नुपर्नेछ। एम्सको दुत नियुक्त भएपछि नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले खुशी व्यक्त गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको