अल नासर बराबरीमा रोकियो

काठमाडौँ । साउदी प्रो लिगमा अल नासर बराबरीमा रोकिएको छ।

गएराति सम्पन्न खेलमा अल नासर अल टावनसँग १–१ को बराबरीमा रोकिएको हो।

अल टावनको घरेलु मैदानमा भएको खेलमा साद अल नासेरको गोलमार्फत घरेलु टोलीले अग्रता लिएको थियो। उनले पहिलो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा गोल गरे।

१–० ले पछि परेको नासरका लागि खेलको ६४औं मिनेटमा एमेरिक लापोर्टेले बराबरी ल्याए। त्यसपछि बाँकी समय थप गोल नहुँदा दुवै टोलीले एक एक अंक बाँडे।

जारी लिगमा अल नासर १५ खेलबाट २९ अंकसहित तालिकाको चौथौं स्थानमा झरेको छ। अल टावनको १५ खेलमा २२ अंकसहित आठौं स्थानमा।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको