काठमाडौँ । जनकपुर नाइट्सले पहिलो संस्करणको नेपाल कबड्डी लिग (एनकेएल)मा विजयी सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा शनिबार सम्पन्न दिनको अन्तिम खेलमा जनकपुरले खेलमा हिमालयन रेइडर्सलाई ३५–२४ ले पराजित गरेको हो। जितसँगै जनकपुरलेले पाँच अंक जोडेको छ।
खेलमा हिमालयनले सुरुआतीअग्रता लिएको थियो। तर, यसपछि लगातार तीन अंक गुमाउँदै ३–१ ले पछि पर्यो। ३–३ को बराबरी खेल्दै हिमालयनले पुनरागमन गर्ने प्रयास गरे पनि सफल भने हुन सकनेन्।
१४–८ मा अबस्थामा खेलको १२ मिनेटमा हिमालयन अलआउट भयो। त्यसपछि खेलमा केहि सुधारिएको प्रदर्शन गर्दै पहिलो हाफमा १८–११ को अबस्थामा सकायो।
२७–१३ को अबस्थामा पुन हिमालयन दोस्रो पटक अल आउट भयो। दोस्रो हाफको १३ मिनेट दोस्रोपटक अलआउट भएको हो। कुनै समय जनकपुरले ३०–१५ को अग्रता बनाएको थियो।
