मेलम्ची । चौतारा साँगाचोकगढी नगरपालिका राष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा च्याम्पियन बनेको छ।
नेपाल गोजु–रियो कराते–दो सङ्घ शाखा डोजो मेलम्चीको आयोजनामा भएको प्रतियोगितामा चौतारा १९ स्वर्ण, सात रजत र १३ कास्यसहित पहिलो भएको हो।
यस्तै एभरेष्ट मार्सल आर्ट काठमाडौँ पाँच स्वर्ण, पाँच रजत र तीन काश्यसहित दोस्रो भएको छ। पाँच स्वर्ण, एक रजत र एक काश्य प्राप्त गरेको शङ्खडोल डोजो गोकर्णेस्वर नगरपालिका, काठमाडौँ तेस्रो भएको छ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे। शुक्रबार बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले प्रतियोगिताको उद्घाटन गरेका थिए।
