काठमाडौँ । केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा विराटनगर ब्यान्डिट्स लगातार दोस्रो जित हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा आइबार भएको दिनको पहिलो खेलमा काठमाडौं माभेरिक्सलाई विराटनगरले ४४–४३ को स्कोरमा हराउँदै पाँच अंक जोड्यो। पराजित काठमाडौँले एक अंकमा चित्त बुझायो।
खेलमा काठमाडौँले पहिलो स्कोर जोडेको पनि उक्त अग्रता जोगाउन सकेन। खेलको पाँचौँ मिनेटमै ९–२ हुँदा काठमाडौँ अलआउट भयो। पुन: काठमाडौँ १३ मिनेटमा दोस्रो पटक अलआउट भयो। अबस्थामा २२–४ को अस्थामा कप्तान घनश्याम रोक्का मगरले तीन जनालाई आउट गराउँदै २२–८ स्कोरमा पुर्याए। त्यसपछि पुन: घनश्यामले दुई अंक दिलाउँदै ११ को स्कोरमा
१६ मिनेटमा विराटनगर २२–१४ को स्कोर बनाउँदै पहिलो पटक अलआउट भयो। पहिलो हाफ २६–१९ को स्केले आफ्नो पक्षमा पार्न सफल भयो। खेलमा सुरुआतदेखि नै अग्रता बनाएको बिराटनगर ३६–३३ को स्कोरमा पुन दोस्रोपटक अलआउट भयो।
खेलमा ३९-४१ को अबस्थामा कप्तान घनश्याले दुई खेलाडीलाई टच गर्दै स्कोर ४१-४१ मा ल्याए। तर, अन्तिम समयमा बिराटनगरले स्कोर गर्दै लगातार दोस्रो जित हासिल गर्यो।
काठमाडौँले पहिलो खेलमा पोखरा लेकर्सलाई हराउँदै विजयी सुरुआत गरेको थियो भने, बिराटनगरले धनगढी वाइल्डक्याट्सलाई हराउँदै विजयी सुरुआत गरेको थियो।
