घरेलु मैदानमै युनाइटेडको लज्जास्पद हार

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमै लज्जास्पद हार बेहोरेको छ।

प्रिमियर लिग अन्तर्गत आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग ३–१ गोल अन्तरले पराजित भएको हो।

ब्राइटनको जितमा यानकुबा मिनतेह, कारोउ मिटोमा र जर्जिनियो रटरले एक एक गोल गरे। त्यस्तै युनाइटेडका लागि एक गोल ब्रुनो फर्नानडेजले गरेका थिए।

यो जितपछि ब्राइटन लिगमा २२ खेलमा ३३ अंकसहित नवौं स्थानमा उक्लिएको छ। युनाइटेडको भने यस सिजनमा यो १०औं हार हो। २२ खेलमा २६ अंक रहेको म्यानचेस्टर युनाइटेड लिगमा १३औं स्थानमा रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको