प्रधानमन्त्री कप : कोशीलाई हराउँदै आर्मी सुपर फोरमा

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई पराजित गर्दै सुपर फोरमा प्रवेश गर्ने समूह बी को पहिलो टोली बनेको छ।

कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमवार भएको दिनको पहिलो खेलमा आर्मीले कोशी प्रदेशमाथि ९ विकेटको जित हात पार्यो।

बाक्लो हुस्सु लागेका कारण ढिला सुरु भएको खेल ७ ओभरमा छोट्याइएको थियो।

कोशीले दिएको ३७ रनको लक्ष्य आर्मीले ६.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो। आर्मीका लागि सम्झना खड्काले सर्वाधिक ३२ रन जोडिन्। उनले २३ बलमा ५ चौका प्रहार गरिन्। अञ्जिली विश्वकर्मा ६ रनमा आउट हुँदा रुवि पोदार १ रनमा नट आउट रहिन्।

त्यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोशीले निर्धारित ७ ओभरमा ५ विकेट गुमाएर ३६ रन जोडेको थियो। कोशीका लागि स्मृती कटवालले सर्वाधिक १४ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको