काठमाडौँ । इर्लिङ हाल्यान्डले ह्याट्रिक गरेपछि इङ्लिस प्रिमियर लिगमा इपस्विप टाउनविरुद्ध म्यान्चेस्टर सिटीले पुनरागमन जित हासिल गरेको छ।
शनिबार भएको खेलमा सिटीले पाहुना टोली इपस्विप टाउनमाथि ४–१ गोलको जित हासिल गरेको हो।
खेलको सातौँ मिनेटमै एक शून्य गोलले पछि परेको घरेलु टोली सिटीका लागि इर्लिङ हाल्यान्डले ह्याट्रिक गर्दा केभिन डे ब्रुएनाले एक गोल गरे।
खेलको सातौँ मिनेटमा पाहुना टोली इपस्विप टाउनका लागि सामीले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। तर, सिटीका लागि खेलको चार मिनेटमै हाल्यान्ड र ब्रुएनाले गोल गर्दै जित दिलाए।
१२औँ मिनेटमा पेनाल्टीमा गोल गरेका हाल्यान्डले १६औँ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरे। १४औँ मिनेटमा ब्रुएनाले गोल गर्पछि सिटीले २–१ को अग्रता बनाएको थियो।
पहिलो हाफमा तीन गोल गरेको सिटीका लागि ८८औँ मिनेटमा हाल्यान्डले ह्याट्रिक पूरा गरे।
जितसँगै सिटीले लगातार दोस्रो जित हासिल गर्दै ६ अंक जोडेको छ।


