काठमाडौं । नेपाल लोकतान्त्रिक लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेश सभापति कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न तेस्रो क्वार्टरफाइनलमा बागमतीले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गरेको हो।
सुजन मगरको गोलमा पहिलो हाफको २९औं मिनेटमा पुलिसले अग्रता लिएको थियो। खेलको ५२औं मिनेटमा अमित तामाङको पेनाल्टी गोलमार्फत बागमती खेलमा फर्कियो।
बागमतीका लागि घानाका खेलाडी एकिनिस केइ बाफोरले इन्जुरी समयमा निर्णायक गोल गरे ।
बागमतीले अब माघ १५ हुने दोस्रो सेमिफाइनलमा बागमतीले न्युरोड टिम ९एनआरटी० र फ्रेन्ड्स क्लबबीचको विजेतासँग खेल्नेछ।
