काठमाडौं। विराटनगर ब्यान्डिस् केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो क्वालिफायरमा पुगेको छ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार सम्पन्न दिनको दोस्रो तथा लिग चरणको अन्तिम खेलमा पोखरा लेकर्सलाई ५०–२५ को स्कोरमा पराजित गर्दै विराटनगर पहिलो क्वालिफायरमा स्थान बनाएको हो।
यस्तै, बिराटनगर पहिलो क्वालिफायरमा पुग्ने दोस्रो टिम बनेको छ। यसअघि नै शुक्रबार जनकपुर क्वालिफायरमा पुगेको थियो।
जारी प्रतियोगितामा विराटनगले पाँच खेलबाट चार जित र एक हाससहित २१ अंक बनाएर दोस्रो स्थानमा उक्लिएको छ।
यस्तै अब, विराटनगले फाइनल प्रवेशको लागि जनकपुरसँग खेल्नेछ। पराजित पोखरा भने जित विहिन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।
