एथलेटिक्स खेलाडी बंगलादेश जाँदै

बंगलादेशको ढाकामा आयोजना हुने छैठौ अन्तर्राष्ट्रिय वि.के.एस.पी कप एथलेटिक्स च्याम्पियनशिपमा भाग लिने नेपाली खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विधाई गर्नु भएको छ।

यही माघ १५ र १६ गते (जनवरी २८ र २९) हुने च्याम्पियनशिपमा एथलेटिक्स परिवार नेपालका तर्फबाट चार जना पुरुष र दुई जना महिला गरि छ जना खेलाडी सहभागी हुदै छन्।

खेलाडीको विधाई गर्नु हुँदै सदस्य–सचिव घिसिङले उत्कृष्ट प्रर्दशनका लागि शुभकामना दिनु भयो। सहभागी खेलाडीहरुमा शैलेश श्रेष्ठ, पुकारजंग बस्नेत, मनिष लाम्साल, सन्तबहादुर दराई, निशा घर्ती र अस्मिता भुजेल छन्। अफिसियलमा सुन्दरकेशर कार्की छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको