नासरको जितमा कप्तान रोनाल्डोको गोल

काठमाडाैँ । कप्तान क्रिस्टियानो रोनाल्डाेकाे गाेलसँगै साउदी प्रो लिगमा अल नासरले अल फताहमाथि जित हासिल गरेको छ।

अल अवाल पार्कमा आइतबार नासरले फताहलाई ३–१ ले पराजित गरेको हो।

नासरको जितमा मोहम्मद सिमांकन र क्रिस्टियानो रोनाल्डोले गोल गरे।

फताहले नासरलाई आत्मघाती गोल उपहारस्वरुप दियो। फताहका लागि मुराट ब्याट्नाले सान्त्वना गोल गरे।

खेलको ४१औं मिनेटमा नै फताहका मारवान सादानले आत्मघाती गोलमा नासरले अग्रता लियो। नासरका लागि ५७औं मिनेटमा सिमाकंनले गोल गरे।

७२औं मिनेटमा फताहका लागि मुराटले गोल फर्काए। ८७औं मिनेटमा रोनाल्डोले गोल गर्दै नासरलाई जित पक्का भयो।

जितसँगै १७ खेलमा ३५ अंकका साथ नासर तेस्रो स्थानमा छ। समान खेलबाट ९ अंकका साथ फताह तालिकाको पुछारमा छ। ४३ अंक जोडेको अल हिलाल शीर्ष स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको