काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त दुई जना सदस्यलाई राखेपमा स्वागत गरिएको छ।
नवनियुक्त सदस्यहरु रन्जना प्रधान र विदुर ढुंगानालाई सदस्य सचिव टंकलाल घिसिङले स्वागत गर्नु भएको हो। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आज दुई जनालाई परिषद्को बोर्ड सदस्यमा नियुक्ती गर्नु भएको थियो।
स्वागत कार्यक्रमा बोर्ड सदस्यहरु कमल बहादुर भट्टराई, भान बहादुर चन्द, रामचन्द्र श्रेष्ठ, अन्जना श्रेष्ठ तथा विभागीय प्रमुखहरुको सहभागिता थियो।


