गोरखा समाज बेल्जियमद्वारा महिला फुटबल टोलीलाई पुरस्कार प्रदान

काठमाडौं । गोरखा समाज बेल्जियमले महिला साफ च्याम्पियनसिपमा उपविजेता नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई नगदबाट पुरस्कृत गरेको छ।

समाजले राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक बालगोपाल महर्जन मार्फत सोमबार टोलीका खेलाडीलाई एकमुष्ट २ लाख २२ हजार ३ सय २२ रुपैयाँ हस्तान्तरण गरेको थियो। टोलीको तर्फबाट रेनुका नगरकोटेले रकम ग्रहण गरेकी‌ थिइन्।

काठमाडौंमा गत कार्तिकमा सम्पन्न महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगालादेशसँग २-१ ले पराजित हुँदै उपविजेता भएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको