नेरिक सेमिफाइनलमा

नेरिक एकेडेमी १० औं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ।

बुद्धनगरस्थित आयोजक इनोभेटिभको कोर्टमा नेरिकले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) १७–१० ले पराजित ग¥यो। नेरिकका लागि सविन खत्रीले १४ अंक जोडे।

जुनियर ब्वाइजको अन्य प्रतिस्पर्धामा सनसाइनले इनोभेटिभलाई २१–१३ तथा केयर इङलिसले काठमाडौं जेभियर्सलाई २४–१४ ले हराए। सनसाइनका आयुश बोहराले ८ तथा केयरका उत्सव सिग्देलले १४ स्कोर गरे।

सिनियर ब्वाइजमा मातृभूमिले काठमाडौं जेभियसलाई ४१–२५ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो। मातृभूमिका नविनतम खड्काले १७ अंक जोडे। केएमसीले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई ४७–४२ ले पन्छायो। केएमसीका स्वीकारले २८ अंक जोडे।

सिनियर गल्र्समा मातृभूमिले नेपाल मेगालाई १५–८ तथा केएमसीले एआईएलाई २८–१५ ले पराजित गरे। मातृभूमिकी साइजा श्रेष्ठले ९ तथा केएमसीकी आकृशाले १६ स्कोर गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको