पहिलो खेलमा नेपाल पराजित

काठमाडौं । अन्तर्राष्ट्रिय त्रिकोणात्मक टी२० सिरिजको पहिलो खेलमा घरेलु टोली नेपाल पराजित भएको छ।

नेदरल्यान्डसले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाए १३७ रन मात्रै बनाउन सक्यो।

बिहीबार सम्पन्न खेलमा नेपाल २० रनले पराजित भएको हो। जितसँगै नेदरल्यान्ड्सले दुई अंक जोडेको छ।

नेपालकी ओपनर सीता रानामगरले सर्वाधिक २८ रन बनाइन्। ४५ बल खेलेकी उनले तीन चौका प्रहार गरिन्। कविता जैशी २७,पूजा महतो २४ रनमा आउट भइन्। तर, ओपनर सम्झना खड्का, कप्तान इन्दु बर्मा र कविता कुँवर भने चल्न नसकेनन्।

तल्लोक्रमका बिन्दु रावल तीन र अलियाकुमारी यादव चार रनमा अविजित रहिन्।

नेदरल्यान्ड्सका क्यारोलिन डि ल्याङ्गे र इभा लिन्चले समान दुई विकेट लिइन्। सिल्भर सिजर्स र आइरिस ज्विलिङको नाममा समान एक विकेट रह्यो।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पाहुना टोलीले चार विकेट गुमाउँदै १५७ रन बनाएको थियो।

रोबिन रिज्केले सर्वाधिक ५९ रन बनाइन्। ४८ बल खेलेकी उनले आठ चौका प्रहार गरिन्। स्टेर कालिस २९, हेदर सिगर्स २३ रनमा आउट हुँदा आइरिस ज्विलिङले अविजित ३१ रनको इनिङ्स खेले। उनले १३ बलमा पाँच चौका प्रहार गरेका हुन्।

नेपालका कविता कुँवर, पूजा महतो, ईश्वरी विष्ट र सीता रानामगरले समान एक विकेट लिइन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको