आहा ! रारा गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा आयोजक सहारा र पुलिस भिड्ने


काठमाडौं। २४औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागीय टोली नेपाल पुलिस क्लब भिड्ने भएका छन्। सहाराले बिहीबार खेल तालिका सार्वजनिक गरेको हो। सर्वाजनिक तालिका अनुसार यी दुईबीचको खेल माघ २२ गते हुनेछ।

प्रतियोगितामा १२ टोलीले भाग लिने सो प्रतियोगितामा भारत, बेलायत, उज्वेकिस्तानका टिमसहित नेपालका आठ ए डिभिजन क्लब भाग लिँदैछन्।

फागुन ३ मा हुने फाइनलअघि माघ ३० मा पहिलो सेमिफाइनल र फागुन १ गते दोस्रो सेमिफाइनल हुनेछ। समूह ‘ए’ तर्फ आयोजकसहित पुलिस, न्युरोड टिम (एनआरटी), चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी क्लब र बेलायतको ब्रिगेड ब्वाइज क्लब छन्। तीमध्ये ब्रिगेड र आर्मीले सिधैं पहिलो र तेस्रो क्वार्टरफाइनल खेल्ने छन्।

समूह ‘बी’ मा एपिएफ, मच्छिन्द्र फुटबल क्लब, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड, संकटा फुटबल क्लब, थ्री स्टार र उज्वेकिस्तानको ब्लाक बुल्स फुटबल क्लब छन्। तीमध्ये थी स्टार र उज्वेकिस्तानले सिधैं दोस्रो र चौथो क्वार्टरफाइनल खेल्ने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले बताए।

गत संस्करणको विजेता आर्मी र उपविजेता थ्री स्टार हुन्। उनीहरुले क्रमशः १२ लाख र ६ लाख प्राप्त गरेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको