भ्याली पब्लिकका दुवै टिम उपाधिनजिक

काठमाडौं । भ्याली पब्लिकको ब्वाइज÷गल्र्स दुवै टिम प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेको छ।

जुनियर ब्वाइजमा भ्याली पब्लिकले गोल्डेनपिकलाई २४–२० ले पराजित ग¥यो। भ्याली पब्लिकका निम्साङ तामाङले ६ अंक जोडे।

फाइनलमा भ्याली पब्लिकको भेट पारामाउन्ट एकेडेमीसंग हुनेछ। अर्को सेमिफाइनलमा पारामाउन्टले किङडम हिमालयनलाई ३८–२७ ले हराएको थियो। पारामाउन्टका सुशान्त थापाले १२ स्कोर गरे।

जुनियर गल्र्समा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २७–१५ ले पाखा लगायो। भ्याली पब्लिककी सपना गिरीले १० अंक जोडिन्। उपाधिका लागि भ्याली पब्लिकले फेरिल्यान्डको सामना गर्ने छ। दोश्रो सेमिफाइनलमा फेरिल्यान्डले काष्ठमण्डपमाथि २९–२३ को जित रचेको थियो। फेरिल्यान्डकी करुणा बोगटीले १३ अंक बटुलिन्। फाइनल शुक्रबार हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको