इनोभेटिभ र एआईए क्वाटरफाइनलमा

काठमाडाैँ । आयोजक इनोभेटिभ ‘ए’ र अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) १० औं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

बुद्धनगरस्थित घरेलु कोर्टमा इनोभेटिभ ‘ए’ ले एस्फोडेललाई ३४–२० ले पराजित ग¥यो। इनोभेटिभ ‘ए’ का पुजन श्रेष्ठले १४ अंक योगदान गरे। वितेन ज्ञवालीको १४ अंक सहयोगमा एआईएले इनोभेटिभ ‘बी’ लाई २९–१६ ले हरायो।

सिनियर ब्वाइजमै केएमसीले काभ्यालाई ३०–१८ तथा काठमाडौं जेभियरले नेपाल मेगालाई ४०–२५ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे। केएमसीका तन्त्र जोशीले १० तथा काठमाडौं जेभियरका सम्राट शाहले ११ स्कोर गरे। मातृभूमि, हिमाली, नेरिक एकेडेमी र ज्ञान निकेतन पनि क्वाटरफाइनलमा पुग्न सफल भए।

जुनियर ब्वाइजमा सनसाइनले काभ्यालाई १४–८, काठमाडौं जेभियरले मोडर्नलाई १३–६ र एआईएले इनोभेटिभलाई १५–११ ले पन्छाए। सनसाइनका प्रशान्तले ४, काठमाडौं जेभियरका उत्सवले ६ र एआईएका आदित्य बुढाले १० अंक जोडे।

सिनियर गल्र्समा इनोभेटिभले नेपाल मेगालाई १५–९ ले पराजित ग¥यो। इनोभेटिभकी सलिना अमात्यले ८ अंक जोडिन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको