ग्रिनफिल्ड सेमिफाइनलमा

काठमाडौं । ग्रिनफिल्ड वेस्टर्न रिजन अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ।

कलंकीस्थित काठमाडौं भ्याली कलेजको कोर्टमा भएको खेलमा ग्रिनफिल्डले राइजिङ स्टारलाई ४६–२४ ले पराजित ग¥यो। ग्रिनफिल्डका पेम्बा तामाङले १० स्कोर गरे। ब्वाइजमै मनास्लुले केसीसीएसलाई ५३–३९, हार्टल्यान्डले एडमार्कलाई ३५–२५ र समृद्धिले क्यापिटल हिललाई ४७–१६ ले हराउदै सेमिफाइनलमा स्थान पक्का गरे।

मनास्लुका नरिन डिसीले २६, हार्टल्यान्डका राम गमालले २१ र समृद्धिका लोटो गुरुङले १५ अंक जोडे। सेमिफाइनलमा समृद्धिको भेट ग्रिनफिल्डसंग हुनेछ भने मनास्लुले हार्टल्यान्डको सामना गर्ने छ। वेस्टर्न रिजनल कलेज कमिटीद्वारा आयोजित प्रतियोगिताअन्तर्गत गल्र्सको सेमिफाइनल जुबिलियन्ट र जेसिस तथा समृद्धि र केसीसीएसबीच हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको