चर्च ब्वाइज पुग्यो बुढासुब्बा गोल्डकपको फाइनलमा


काठमाडौं । भुटानको आरटिसीलाई ७–० गोलले हराउँदै ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड २५औं बुढासुब्बा गोल्डकपको फाइनलमा पुगेको छ।

बुधबार भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा दुई खेलाडीले ह्याट्रिक गर्दा चर्च ब्वाइजले ७–० को शानदार जित निकालेको हो।

चर्च ब्वाइजका लागि समिर तामाङ र अर्माण्ड बेडुमले ह्याट्रिक पूरा गरे। समीरले खेलको २१ औं, २६ औं र ८५औं मिनेटमा गोल गरेका थिए।

अर्मान्डले २७औं, ५०औं र ५२औं मिनेटमा गोल गरे। प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार भारतको युकेएफसी र नेपालको एनआरटी प्रतिस्पर्धा गर्दैछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको