काठमाडाैँ । गुरुकुल र हिमालय प्रथम फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
गुरुकुलले मन्जरीलाई २०–१४ ले पराजित ग¥यो । गुरुकुलको जितमा रुबल घलेले ६ अंक योगदान गरे । सुलन श्रेष्ठको ६ अंक सहयोगमा हिमालयले फ्युजन एकेडेमीलाई २७–१७ ले हरायो।
सोही स्पर्धामा बसुन्धरा नेसनल एकेडेमी (बीएनए) आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुललाई २६–१६ तथा ग्रिनल्यान्डले रिलायन्स को–एडलाई २३–१८ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे। बीएनएका कुशल थापाले ११ स्कोर गरे।
जुनियर गल्र्समा बौद्ध चिल्ड्रेन हेभेनले बीएनएलाई २६–२०, न्युटनले पिक प्वाइन्टलाई २७–१८, फेरिल्यान्डले ग्रिनल्यान्डलाई ३९–२९ र एपेक्स लाइफले ब्रेनल्यान्डलाई २२–१८ ले पन्छ्याउदै क्वाटरफाइनल यात्रा तय गरे । बौद्धकी जस्मिन गुरुङले १२, न्युटनका आईरिन राणाले ११, फेरिल्यान्डकी खुशबु मगरले १५ र एपेक्स लाइफकी जेसिका सरकारले ६ अंक बटुले।
