स्केटिङ खेल स्कुल स्तरमा प्रवर्दन गर्न सम्झौता

काठमाडाैँ । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र नेपाल विद्यालय खेलकुद महासंघबीच स्केटिङ खेल स्कुल स्तरमा प्रवर्दन गर्न सम्झौता भएको छ।

बिहिबार एक कार्यक्रमबीच नेपाल स्केटिंङ् तथा स्केटबोर्डिङ संघका अध्यक्ष्य अच्युत खनाल र बिद्यालय खेलकुद महासंघका अध्यक्ष बिनोद श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरि सम्झौता गरे। अध्यक्ष खनालले सम्झौताले स्केटिङ खेल विद्यालय स्तरमा व्यापक रुपमा फैलाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका सदस्य समेत रहेका नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले सम्झौताले स्केटिङ खेलको विकासमा महत्तोपुर्ण योगदान पुग्ने बताए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको