आहा!रारा गोल्डकप : संकटा प्रि-क्वाटरबाटै बाहिरियो

काठमाडौँ । संकटा क्लब पोखरामा जारी २४ औं संस्करणको आहा१ रारा गोल्डकपको प्रि क्वाटरफाइनलबाटै बाहिरिएको छ।

पोखरा रंगशालामा शुक्रबार भएको खेलमा संकटा क्लब भारत सिक्किमको थन्डरबोल्ट युनाइटेडसँग ३–१ गोल अन्तरले पराजित भएपछि प्रतियोगिताबाट बाहिर भएको हो।

खेलको १७औं मिनेटमा संकटाका लगि मनिस पौडेलले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। तर, उक्त अग्रता जोगाउन नसक्दा संकटा पराजित भएको हो।

थन्डरबोल्टले ३४औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल गरेको थियो।

शनिबार नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब (युके) बीच पहिलो क्वार्टरफाइनल खेल हुनेछ।

प्रतियोगिताको विजेताले नगद रु १२ लाख पाउँदा उपविजेताले ६ लाख पाउने छ।

यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्टाइकर र प्रशिक्षकले रु २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउँदा फेएर प्लेको रूपमा एक टोलीलाई पुरस्कृत गरिने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको