भक्तपुर । नेपाल एफसी रियाले भक्तपुरद्वारा आयोजना गरिएको जुनियर फुटबल लिग रियाले विन्टर लिगअन्तर्गत ७औं संस्करण सम्पन्न भएको छ।
प्रतियोगिता एफसी रियालेको घरेलु मैदान रियाले फुटबल ग्राउन्डमा शनिबार सम्पन्न भएको हो। अन्डर-९ र अन्डर-११ दुवै समूहमा बालक खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे।
अन्डर-९ तर्फ एसएसएसभीएम च्याम्पियन बन्यो।
एसएसएसभीएम १५ अंकसहित च्याम्पियन बन्न सफल भयो। संकटा एफसी र एफसी रियाले समान १० अंक हासिल गरे पनि गोल अन्तरका आधारमा संकटा दोस्रो स्थानमा रह्यो भने रियाले तेस्रो स्थानमा सीमित रह्यो।
यस्तै, अन्डर-११ तर्फ चेल्सी वर्ल्ड स्कूल च्याम्पियन बन्यो। चेल्सी वर्ल्ड स्कूल र एसएसएसभीएम समान १४ अंकका साथ शीर्ष स्थानमा पुगेका थिए। तर, चेल्सी वर्ल्ड स्कूलले गोल अन्तरको आधारमा उपाधि जित्यो भने एसएसएसभीएम दोस्रो स्थानमा रह्यो।
व्यक्तिगत पुरस्कारतर्फ अन्डर-९ समूहमाफसर्वाधिक गोलकर्ता प्रणिश गौतम (एसएसएसभीएम), उत्कृष्ट गोलकिपर अतित बजगाईं (संकटा) सर्वश्रेष्ठ खेलाडी सञ्जित श्रेष्ठ (रियाले)।
अन्डर-११ तर्फ सर्वाधिक गोलकर्ता हर्षित केसी (रियाले), उत्कृष्ट गोलकिपर निशान्त खत्री (एसएसएसभीएम), सर्वश्रेष्ठ खेलाडी श्रीशान्त योगी (चेल्सी वर्ल्ड स्कूल) त्यस्तै, व्यक्तिगत पुरस्कार विजेताहरूलाई फुटबल बुट, पदक, र प्रमाणपत्र वितरण गरियो।
विजेता र उपविजेता टोलीहरूलाई ट्रफी, पदक, र प्रमाणपत्र प्रदान गरिएको थियो।
रियाले कपले युवा खेलाडीहरूलाई प्रतिभा देखाउने र प्रतिस्पर्धात्मक फुटबल अनुभव गर्ने उत्कृष्ट मञ्च प्रदान गर्दै आइरहेको छ।
