पोखरा । २४औं संस्करणको आहा!रारा पोखरा गोल्डकपको दोस्रो सेमिफाइनलमा आज थ्री स्टार क्लब र ब्ल्याक बुल्स एफसी भिड्दैछन्।
यी दुई टोलीबीचको खेल कास्कीस्थित पोखरा रंगशालामा दिउँसो २:३० बजेबाट सुरु हुनेछ।
यस खेलको विजेताले शनिबार हुने फाइनल खेलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ।
प्रतियोगिताको उपाधि विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
