नेपालगन्ज, फागुन २ गते । ग्रीनपिस मावि कोहलपुर मेयर कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
नेपालगन्ज रंगशालामा शुक्रबार भएको सेमिफाइनलमा खेलमा ग्रीनपीस माविले धम्बोझी मावि नेपालगन्जलाई १–० ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हाे।
ग्रीनपिसको लागि बिराज रोकायले ५४औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ग्रीनपीस माविका गोलकिपर झलक सिंह प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनु भयो । उहाँलाई नेपालगन्ज उप–महानगरपालिका शिक्षा महाशाखा प्रमुख गोरख बहादुर थापाले पुरस्कृत गरे।
यसैगरी मोर्डन पब्लिक स्कुल र होप इन्टरनेशनल स्कुललाई प्रोटेस्ट लागेपछि दुबै टिमलाई प्रतियोगिताबाट निष्कासन गरिएको प्रतियोगिताको अनुशासन उप–समिति संयोजक केसीले बताए।
संयोजक केसीका अनुसार दुबै विद्यालयले १८ वर्ष भन्दा माथि र फरक खेलाडीको कागजात पेश गरी खेलेको प्रमाणित भएपछि मोर्डन र होप इन्टरनेशनललाई कारबाही गरिएको हो। अब छात्र तर्फको सेमिफाइनलमा शनिबार मनकामना स्कुल नेपालगन्ज र ब्राइटल्याण्ड स्कुलले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको गल्र्सतर्फ नेपालगन्ज सेन्ट जेभियर्स र आदर्श मावि नेपालगन्जले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।
बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिताको छात्रतर्फ २१ टिम र छात्रातर्फ ६ टिमको सहभागिता रहेको छ।
