काठमाडौं। सुदूरपश्चिम प्रदेशको फुल कनट्याक्ट करातेमा भाँडभैलो सुरु भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट मान्यता प्राप्त नभएको फुल कनट्याक्ट कराते महासंघ भन्दै १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश छनोट गराएपछि विवाद उत्पन्न भएको हो।
प्रतियोगिता संयोजक पुष्पलाल रोकायाले आफ्नो मनमानि ढंगले प्रतियोगिता सञ्चालन गर्न दिएको भन्दै सुदूरपश्चिम प्रदेशका ६ जिल्ला र प्रशिक्षकलगायत निर्णयाकहरुले छनोट बहिष्कार गरेका छन्।
‘सहभागी ६ जिल्लाबाहेकका टोली वेवास्ता गरी खेल सञ्चालन गर्न लागेको हुनाले प्रशिक्षक र ४५ जना खेलाडीहरुले प्रतियोगिता बहिष्कार गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ।
१०औं राष्ट्रिय खेलकुदका लागि गत माघ २७ गतेदेखि सुदूरपश्चिम प्रदेशको कैलालीस्थित धनगढीमा छनोट प्रतियोगिता जारी छ।

भिडियाे हेर्नुहाेस् :सुदूरपश्चिम फुल कनट्याक्ट करातेमा भाँडभैलो