पुलिसलाई हराउँदै ब्ल्याक बुल्सले जित्यो २४औँ आहा राराको उपाधि

पोखरा । ६ पटकको च्याम्पियन विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४औँ संस्करणको आहा रारा गोल्डकपको उपाधि जितेको छ।

पोखरा रंगशालामा ब्ल्याक बुल्स एफसीलाई जित दिलाउँन जाखोङ्गील, असिलबेक ओरिफजोनो र साभकात्जोन सात्तोरोभले समान एक गोल गरे। यता पुलिसको लागि शिशिर चौधरीले गरेको गोल सान्त्वना बन्यो।

पहिलो हाफमा १–० को अग्रता बनाएको ब्याल्यक बुल्सले दोस्रो हाफमा थप दुई गोल गर्दा एक गोल ब्यहोर्यो।

पहिलो सहभागितामै च्याम्पियन बनेको ब्ल्याक बुल्सले नगद रु १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्यो भने उपविजेता पुलिसले ६ लाखमा चित्त बुझायो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको