ज्ञान निकेतन र ग्रिन लन्स विजयी

काठमाडाैँ । ज्ञान निकेतन र ग्रिन लन्सले प्रथम हिमाली अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार जित हात पारेका छन्।

ज्ञान निकेतनले आयोजक हिमाली बोर्डिङ स्कुललाई ४१–३४ ले पराजित ग¥यो। ज्ञान निकेतनको जितमा महेन्द्र प्याकुरेलले १६ अंक योगदान गरे। सुयोग रजकको १६ अंक सहयोगमा ग्रिन लन्सले क्यान्भासलाई ३६–१७ ले सहजै हरायो। सोही प्रतिस्पर्धामा विल्सन एकेडेमीले हेम्सलाई ५४–४२ तथा एक्मीले हाम्रो सनसाइनलाई ३६–२९ पाखा लगाए। विल्सनका रेहान डंगालले १५ तथा एक्मीका साइमनले १८ स्कोर गरे।

जुनियर ब्वाइजमा सनसाइनले इनोभेटिभलाई २२–४ तथा आयोजक हिमाली बोर्डिङ स्कुलले काठमाडौं जेभियर पब्लिकलाई १८–१० ले पन्छाए। सनसाइनका जेनिश तोलङ्गेले १० तथा हिमालीका युनिक रोक्काले ८ अंक बटुले।

सिनियर गल्र्समा रिलायन्सले एजीएमलाई २७–६, क्यान्भासले विल्सनलाई १३–११ र ग्रिन लन्सले एक्मीलाई ८–४ ले निराश पारे। रिलायन्सकी एलिशा तामाङले १४, क्यान्भासकी पवित्रा बुढाथोकीले ७ र ग्रिन लन्सकी अभिसारिका रजकले ४ अंक जोडे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको